काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका-१०, माइखोला टापु, मेची राजमार्गको राज दुवाली खण्ड र नेपाल टार सडकको मिल गोलाई क्षेत्रमा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गरेका हुन् ।

advertisement

८ दिनदेखि अवरुद्ध मेची राजमार्गको राज दुवाली सडक खण्डको निरीक्षण गर्दै सडक खोल्ने कार्यलाई पहिलो प्राथमिकता राखेको बताए । मन्त्री घिसिङले माई खोलास्थित टापु क्षेत्रमा बाढीले बगाएका २८ घरपरिवारसँग भेट गरी राहत वितरण गरे

निरीक्षणको क्रममा ऊर्जा मन्त्री घिसिङसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, विपद् प्राधिकरणका प्रमुख दिनेश भट्ट र नेपाल प्रहरीका प्रमुख चन्द्र कुवेर खापुङ सहितको टोली रहेको थियो।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com