काठमाडौं । इजरायली बन्धकहरूको हस्तान्तरणका लागि रेडक्रसको टोली गाजामा पुगेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)ले बन्धकहरू रिहा गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको छ ।
आईसीआरसीका अनुसार, इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअनुसार बन्धक र बन्दीहरूको रिहाइ तथा स्थानान्तरणलाई सहज बनाउन बहुचरणीय प्रक्रिया अघि बढाइएको छ ।
संस्थाले भनेको छ, ‘युद्धविराम सम्झौताअन्तर्गत बन्धक र बन्दीहरूको सुरक्षित र व्यवस्थित स्थानान्तरण सुनिश्चित गर्न हामी मैदानमा सक्रिय रूपमा संलग्न छौँ।’
यससँगै गाजाबाट इजरायली बन्धकहरूलाई स्वदेश फर्काउने कार्य प्रारम्भ भएको जनाइएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया