काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभाको पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको छ । पार्टीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा पुनःस्थापनाका लागि जाने तयारी गरेको हो ।

महासचिव शंकर पोखरेलका अनुसार, पार्टीको केन्द्रीय सचिवालयको ५८औँ बैठकले प्रतिनिधि सभा विघटन संविधान विपरीत भएको ठहर गर्दै पुनःस्थापनाको पक्षमा एकमत निर्णय गरेको छ ।

advertisement

पोखरेलले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘केन्द्रीय सचिवालयको ५८औँ बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनःस्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको छ।’

शुक्रबार र आइतबार भक्तपुरमा बसेको बैठकमा विघटनको निर्णय संविधान र लोकतान्त्रिक अभ्यासविपरीत भएको निष्कर्ष निकाल्दै एमालेले न्यायिक मार्गबाट प्रतिनिधि सभाको पुनःस्थापना गर्न पहल गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com