काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व सांसद सूर्यबहादुर थापा क्षेत्रीले बालेन शाहहरु देश छाडेर भाग्ने दिन आउने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘देश छोडेर भाग्ने दिन आउँछन् । अब दिन बालेन शाहहरु भाग्ने आउँछन् ।’

साथै, सिंहदरबार जलाउने मतियारको रुपमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिका प्रमुख बालेनमाथि छानविन र कारबाही हुनुपर्ने उनले बताए ।

advertisement

सिंहदरबार जल्नु एक हप्ता अगाडि प्रचण्डले ‘१० लाख मान्छेले बालुवाटार र सिंहदरबार घेर्दैछन्, आगजनी हुन्छ’ भन्ने खालको अभिव्यक्ति दिएको र बालेनले पनि सिंहदरबार जलाइदिन्छु भनेको उनले स्मरण गराए ।

‘प्रचण्ड नै त्यो मान्छे हुन्, जसले १० लाख मान्छेले बालुवाटार, सिंहदरबार घेर्छन्, आगजनी हुन्छ भनेर एक हप्ता अगाडि बोलेका छन् । प्रचण्डलाई बोलाएर छानविन गर्नुपर्छ । केरकार गर्नुपर्छ । आगजनीको एउटा मतियार, एउटा षड्यन्त्रकारीको रुपमा उनले बोलेका छन् । जसरी बालेनले सिंहदरबार जलाउँछु, आगो लगाउँछु भनेका छन्, यी दुई जना मान्छेहरुलाई छानविन गर्नुपर्छ,’– उनले भने ।

त्यस्तै, हामी नेपाल संस्थाका संस्थापक एवं जेन–जी अभियन्ता सुधन गुरुङलाई उनले बालेनको खेतालोको रुपमा चित्रण गरे । उनले सुधनलाई जेन–जी मान्न नसकिने पनि बताए । ‘३८ वर्षको सुधन गुरुङ जेन–जी हो ? बालेन शाह जेन–जी हो ? सब फटाहा हुन यिनीहरु । ऊ (सुदन) पानी बाँड्न हिँडेको बालेनको खेतालो थियो । कुन जेन–जी थियो सुदन गुरुङ ?’ प्रश्न गर्दै उनले भने ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com