काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको खबरले आफूलाई गहिरो रूपमा स्तब्ध बनाएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले विपिनको जीवित फर्किने आशा सधैं रहेको तर त्यो आशा निराशामा बदलिएको उल्लेख गरेका छन्।

advertisement

उनले लेखेका छन्, ‘विपिन जोशी फर्किन्छन् भन्ने लाग्थ्यो, तर उनी त अस्ताइसकेका रहेछन्। यो खबरले स्तब्ध बनायो। हार्दिक श्रद्धाञ्जली!’

इजरायलस्थित नेपाली दूतावाससँग नजिकको स्रोतका अनुसार, इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणले विपिन जोशीको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भएको पुष्टि गरेको छ।

कञ्चनपुरका विपिन जोशीलाई हमासले गत अक्टोबर ७ मा बन्धक बनाएको थियो। युद्धविरामपछि मंगलबार बिहान मात्र हमासले उनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको हो।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com