काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १५औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन्।
आज सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन्।
पार्टीको केन्द्रीय कमिटीले औपचारिक रुपमा महाधिवेशनको मिति टुंगो लगाउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार













प्रतिक्रिया