काठमाडौं ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्सङ्ग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ ।

राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सत्सङ्ग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो ।

advertisement

केही साता अघिको वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहायता रकम उपलब्ध गराइएको सत्सङ्ग नेपालले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com