काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूसँग शीतल निवासमा विशेष छलफल गरेका छन्।

साँझ साढे ६ बजेबाट सुरू भएको उक्त बैठक आगामी फागुन २१ गते तय गरिएको निर्वाचन तथा त्यससँग सम्बन्धित राजनीतिक वातावरणबारे केन्द्रित रहेको स्रोतले जनाएको छ।

advertisement

‘जेनजी’ समूहको तर्फबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजवीरराज थापा, पुरूषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए।

यसअघि पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले विभिन्न दलका शीर्ष नेतासँग देशको राजनीतिक स्थिति र निर्वाचन तयारीबारे परामर्श गरिसकेका थिए।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com