काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोकेको राजनीतिक जिम्मेवारी पूरा नगरी राजीनामा नदिने बताएका छन्।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको समापन सत्रमा बोल्दै उनले केही नेताले उठाएको राजीनामा सम्बन्धी मागलाई अस्वीकार गर्दै आफ्नो नेतृत्वबारे अन्तिम निर्णय महाधिवेशनमै हुने स्पष्ट पारे।

advertisement

ओलीले भने, ‘केही साथीहरूले राजीनामा माग्नुभएछ, तर मसँग प्रत्यक्ष मागिएको होइन, बैठकमै प्रश्न उठाइएको हो। म ५५ वर्षदेखि आन्दोलनको एउटा सानो टुक्रो बोकेर आएको मान्छे हुँ। मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी म पछि हट्दिनँ।’

उनले राजीनामाको विषय भावनात्मक वा प्रतिक्रियात्मक नभई संगठनात्मक प्रक्रियाबाट तय हुनुपर्ने बताए। ‘मेरो राजीनामा महाधिवेशनमै छलफल गरौँला, प्रतिनिधिहरूले नै निर्णय गर्नेछन्,’ ओलीले भने, ‘पार्टीलाई तिक्तताबाट होइन, मित्रता र एकताको भावनाबाट अघि बढाऔँ।’

ओलीले बैठकमा पार्टी एकता, आगामी महाधिवेशन तयारी र नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरणका विषयमा पनि ध्यान केन्द्रित गर्न नेताहरूलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com