काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिकाको वासिङ्टन डीसी पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा राष्ट्रपति थार्मानले नेपालले आर्थिक वृद्धिलाई तीव्र गति दिन मानवपुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमा लगानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

advertisement

अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको आकांक्षाअनुसार सुशासन सुदृढ गर्दै समावेशी र दिगो आर्थिक विकासमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का उपाध्यक्षसहितका उच्च अधिकारीहरूसँग छुट्टै भेटवार्ता गरेका छन्। उक्त अवसरमा उनले नेपालमा निजी क्षेत्रको विकास, रोजगारी सिर्जना र प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माणमा IFC को बढ्दो लगानी र प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे।

IFC का प्रतिनिधिहरूले नेपालमा लगानी विस्तारको तयारी भइरहेको बताउँदै अन्तर्राष्ट्रिय पुँजी आकर्षणका लागि केही कानुनी र नियामकीय सुधार आवश्यक रहेको औंल्याए।

उनको प्रतिक्रियामा अर्थमन्त्री खनालले ती सुधारका लागि सरकार तयार रहेको र आवश्यक कानुनी संशोधनका प्रक्रिया शीघ्र अघि बढाइने आश्वासन दिएका छन्।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com