काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनप्रति शोक व्यक्त गर्दै आइतबार देशभरका तीनै तहका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एकदिने कार्यालय बन्द गर्ने र शोक अवधि पालना गर्ने निर्णय गरेको हो। निर्णयबारे जानकारी दिँदै पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्र, प्रदेश र जिल्लास्तरका सबै कार्यालय आइतबार बन्द रहने बताएका छन्।

advertisement

बैठकले गौतमको निधनको सम्झनामा तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने, १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३औँ दिनमा सम्बन्धित जिल्लामा औपचारिक श्रद्धाञ्जलि सभा आयोजना गर्ने पनि निर्णय गरेको छ।

८४ वर्षका ऋषिकेश गौतमको असोज ३१ गते राति ९:१५ बजे काठमाडौंको पेप्सीकोलास्थित निजी निवासमा निधन भएको थियो। उनी नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य र नेपाली कांग्रेस बाराका पूर्व सभापति समेत थिए।

कांग्रेसले गौतमको योगदान स्मरण गर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com