काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी समेत गरे ।

advertisement

माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए ।

‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन । के बलिदान गर्न पर्छ म गर्न तयार छु । आजै म तपाईंहरूको अगाडि घोषणा गर्न चाहन्छु । देश बच्न पर्‍यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो,’ प्रचण्डले भने, ‘मैले यिनैकुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसंग अपिल गर्दछु ।’

उनले पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन पनि आग्रह गरे ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com