काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गरेका छन्।

आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

advertisement

सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेकोसमेत उनले बताए। ‘फागुन २१ मा चुनाव गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ रे। यो चुनाव हुनेवाला छैन। त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ।’ उनले भने,

सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाटेको जिकिर गरे। शान्ति सुरक्षा कायम नभएसम्म चुनाव हुनै नसक्ने बताए। अपराधीहरू हतियारसहित फरार भएकाले जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था रहेको बेलामा चुनावको कल्पना समेत गर्न नसकिने बताएका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com