काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा लुटिएका करिब ४ सय हतियार अझै नभेटिएको बताएका छन् । आइतवार सँचारकर्मीसँग कुरा गर्दै अर्यालले जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएकामध्ये ४ सय हतियार फेला नपरेको बताएका हुन् ।

अर्यालले ती हतियार असंगठित रूपमा लुकिछिपी रहेको भन्ने सूचना आएको भन्दै सुरक्षाकर्मीले चाँडै फिर्ता लिने बताए । उनले चुनावी वातावरण बनाउन ती हतियार फिर्ता आवश्यक रहेको भन्दै भागेका कैदीबन्दी पनि चाँडै सम्पर्कमा आउने विश्वास व्यक्त गरे ।

advertisement

अर्यालले हतियारसहित कैदीबन्दी ल्याउन विशेष कार्यक्रम ल्याउन लागिएको जानकारीसमेत दिए । ‘ती हतियारलाई कुनै पनि राजनीतिक दल र समूहले सरकार विरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ,’ अर्यालले भने, ‘साथै भागेको कैदीबन्दीलाई समेत सरकार विरोधी र व्यवस्था विरोधी गतिविधिमा प्रयोग गर्दैनाैँ भन्ने दलहरूको प्रतिबद्धता आवश्यक छ ।’

उनले सबै सुरक्षा निकायको संलग्नतामा ज्वाइन्ट पेट्रोलिङ भइरहेको भन्दै नागरिकलाई सुरक्षाको वातावरण बनाएर चुनाव सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com