काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध टस जितेको छ । आइतबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । खेल संयुक्त अरब इमिरेट्स युएईको दुबईमा आयोजना हुँदै छ ।

नेपाल १६ खेलमा १२ अंकसहित आठ टोली सहभागी लिगको सातौं स्थानमा छ । अमेरिका भने २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । स्टुआर्ट लको प्रशिक्षणमा रहेको नेपाल अमेरिका र युएईलाई यो शृंखलामा हराउँदै तालिका सुधारको योजनामा छ ।

advertisement

स्टुआर्ट लको प्रशिक्षणमा नेपालले चार महिनाअघि खेलेको शृंखलामा चारमध्ये तीन खेल जितेको थियो । आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाएपछि नेपाल डिभिजन– २ का खेल खेल्दै छ ।

अमेरिकाविरुद्ध नेपालको पहिलो एघार टिम 

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने र ललित राजवंशी

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com