काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ।

गृहमन्त्रालयका अनुसार नेपालका लागि तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै जवानलाई जिम्मेवारीबाट हटाइएको हो। यसअघि सरकारका तर्फबाट उनलाई १६ सशस्त्र प्रहरी र २ जना जनपथ प्रहरीसहित १८ सुरक्षाकर्मी प्रदान गरिएको थियो।

advertisement

मन्त्रालय स्रोतका अनुसार नेपालमाथि जारी भ्रष्टाचार मुद्दाका कारण उनलाई उपलब्ध गराइएको सरकारी सुरक्षा सुविधा फिर्ता लिइएको हो। ‘उनलाई भ्रष्टाचार मुद्दाको अभियुक्त भएकाले विशेष सुरक्षा सुविधा नदिने निर्णय गरिएको हो,स्रोतले भन्यो। तर, उहाँले सुरक्षा जोखिम रहेको ठानेमा निवेदन दिन सक्नुहुन्छ। त्यसको मूल्यांकनपछि आवश्यक निर्णय हुनेछ।

पतञ्जलि जग्गा प्रकरणमा पक्राउ परेका नेपाल ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। उक्त मुद्दाको अन्तिम फैसला हुन बाँकी छ।

यसअघि सरकारले मापदण्डविपरीत पूर्व तथा हालका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई दिइएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार हालसम्म झन्डै ३०० सुरक्षाकर्मी फिर्ता भइसकेका छन्।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com