काठमाडौं । प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध दर्ता भएका रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ प्रारम्भ भएको छ।
सर्वोच्चले यस विषयका सबै १६ वटा रिटलाई एकैपटक सुन्नका लागि संवैधानिक इजलास गठन गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सदस्य रहेका छन्।
आजदेखि सुरु भएको सुनुवाइ संवैधानिक तथा राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको छ। इजलासमा अहिले रिट निवेदक र सरकारी पक्षका वकिलहरूले प्रारम्भिक तर्क प्रस्तुत गरिरहेका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया