काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेबाट भएको विद्रोहको औचित्य पार्टीले स्पष्ट गर्नुपर्ने बताएका छन्।

केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चार वर्षअगाडि एमालेबाट छुट्टिने निर्णयको कारण र तर्क अहिले पनि स्पष्ट नभएको बताए। उनका अनुसार त्यो औचित्य पुष्टि नगरी माओवादी केन्द्रसँग एकताको कुरा अघि बढाउनु उचित हुँदैन।

advertisement

खनालले भने, ‘हामीले किन र किनका लागि विद्रोह गर्यौं भन्ने प्रश्नको जवाफ खोज्न जरुरी छ। अहिले पनि सबै वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा म दृढ छु, तर दुई पार्टीको मात्र मिलनले पुग्दैन।’

उनका अनुसार एकता सफल हुन विचार, सिद्धान्त, नीति, कार्यक्रम र संगठनात्मक धारमा समानता आवश्यक छ। उनले पार्टी एकतालाई ‘राजनीतिक जिम्मेवारीको विषय, खेलाँची कुरा होइन,’ भन्दै कार्यगत एकताको पहल सबै वामपन्थी दलहरूसँग गर्न तयार रहेको स्पष्ट गरे।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com