काठमाडौं । गत जेठमा कारागारमुक्त भएका कांग्रेस नेता अफताब आलमको गम्भीर रुपमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

advertisement

पारिवारिक स्रोतका अनुसार उनलाई मुटुको समस्याका कारण हिजो अस्पताल ल्याइएको थियो । जेठमा जेलमुक्त भएपछि ब्रेन स्ट्रोक भएर आलमले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए ।

ईट्टाभट्टामा जिउँदो मान्छे हालेर हत्या गरेको आरोपमा गत जेठमा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com