एजेन्सी ।  गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदीहरू रिहा भई सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कैद मुक्त गरिएका कैदीहरूलाई एक दिनदेखि दुई महिनासम्मको सजायको लागि पाकिस्तानका विभिन्न स्थानमा राखिएको थियो । उनीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्किएको मन्त्रालयले जनाएको छ ।

advertisement

स्वदेशमा उनीहरूले तत्काल आवाश्यक मानवीय सहायता प्राप्त गरी पुनःएकीकरण समर्थनका लागि उनीहरूको गृह प्रान्तहरूमा सारिएको मन्त्रालयले जनाएको छ ।

गत जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा बन्दी बनाइएका छन्, भने अधिकाशं छिमेकी इरान र पाकिस्तानमा रहेका छन् ।

 

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com