सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिना टोलमा छोराले आमाको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढाथोकीका अनुसार अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनीकला बस्नेतको ‘फरुवा’ प्रहार गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार कविरामले घरमा सुतिरहेकी आमाको टाउकोमा फरुवाले प्रहार गरेका थिए। गम्भीर घाइते भएकी धनीकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो। तर, अस्पतालले शुक्रबार बिहान करिब सवा आठ बजे उनलाई मृत घोषित गरेको हो।
घटनापछि फरार रहेका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। हत्याको कारण भने अहिलेसम्म खुल्न बाँकी छ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया