कालिकोट । रास्कोट नगरपालिका वडा.नं ४ कर्रणाली टोलका एक बालकको अरिङ्गोलको टोकाइबाट मृत्यु भएको छ ।
रास्कोट नगरपालिकाका करबिर सार्कीका ७ बर्षिया छोरा दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा अरिङ्गालले टोकको होे । प्राथमिक स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि रास्कोट अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारको क्रममा ज्यान गएको रास्कोट नगरपालिका वडा.नं ४ का वडा अध्यक्ष दिनेश संज्याल जानकारी दिए ।
सार्कीको शरीरको विभिन्न भागमा अरिङ्गोलले टोकेपछि घाईते बालकलाई बेहोस अवस्थामा अस्पतालमा पु¥याएको भएपनि बालकको ज्यान बचाउन नसकेको अस्पताल स्रोतले जनाएको छ ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया