एजेन्सी ।  जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना घाइते भएको उल्लेख गर्दै यस क्षेत्रमा भालुहरूको मुठभेड तीव्र रूपमा बढेको स्थानीय प्रहरीले जनाएको छ ।

अकिता शहरमा, एक ६५ वर्षीय व्यक्तिलाई उहाँको घरको नजिकै आइतबार स्थानीय समय अनुसार बिहान ५ः३० मा आक्रमण गरेको तथा घटनास्थलमा दुईवटा भालु देखिएको प्रहरीले जनाएको छ ।

advertisement

पीडित घाइतेलाई उपचारका लागि अस्पताल लगिएको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

दाइसेन शहरमा, आइतबार बिहान भएको आक्रमणमा एक व्यक्ति घाइते भएको तथा घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

नोभेम्बरको सुरुमा अकितामा भालुसम्बन्धी घटनामा तीन जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको जनाइएको छ । प्रान्तीय सरकारले उक्त क्षेत्रका लागि चेतावनी जारी गर्दै बासिन्दाहरूलाई सतर्क रहन र भालु देखा पर्न सक्ने पाहाडी क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com