विराटनगर । मोरङमा बिरामी ढुवानीका लागि प्रयोग हुँदै आएको एक एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
बुधबार राति लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त टोलीले जहदा गाउँपालिका–३ स्थित स.१ च. ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार एम्बुलेन्सभित्र रहेको कालो झोलामा लुकाइछिपाइ राखिएको ३३ किलो ६१० ग्राम गाँजा बरामद गरिएको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र सोही एम्बुलेन्ससँगै अगाडि स्कटिङ गर्दै आएका जहदा
गाउँपालिका–३ का ३२ वर्षीय दिलीपकुमार राजवंशी रहेका छन् । प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया