काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ६०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया