काठमाडौं । काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा गाडीको ठक्करबाट एक २० वर्षीया युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ की सुनिस्ना ताम्राकार रहेको प्रहरीले जनाएको छ। बिहीबार साँझ ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले उनी सवार प्रदेश–३–०२–०१४ प ९६६३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी ताम्राकारलाई उपचारका लागि सिभिल अस्पताल पुर्याइएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको छ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया