एजेनसी ।  पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना कैदीहरू भने पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सिमा हुँदै स्वदेश पठाइएको जनाइएको छ ।

advertisement

गत अक्टोबरको अन्त्यमा १७० जना अफगान कैदीहरू स्वदेश फिर्ता भए पछि हाल उनीहरु कैद मक्त भई स्वदेश फर्केका हुन ।

जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा छन् भने त्यस मध्ये पनि अधिकाशं इरान र पाकिस्तानमा बन्दी बनाइएका छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com