काठमाडौं । जेलबाट भागेका बलात्कार मुद्दाका एक जना कैदीलाई प्रहरीले काठमाडौँको कपनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–६ घर भएका ६० वर्षीय प्रकाश पाँचकोटी छन् । प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनलाई शुक्रवार कपन स्थित मिलन चोकबाट पक्राउ गरेको हो ।
उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका थिए ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया