काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत कार्य तथा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ।
निगमका प्रवक्ता अनिल घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै देशका दुर्गम क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको ट्विनअटर विमानको मर्मत तथा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।
उक्त विमान गत सेप्टेम्बर महिनादेखि इञ्जिन मर्मत तथा वार्षिक प्राविधिक जाँचका लागि ग्राउन्ड गरिएको थियो। परीक्षण सम्पन्न भएपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्विनअटर विमानमार्फत यही कात्तिक २५ गतेदेखि आन्तरिक व्यावसायिक उडान पुनःसञ्चालन गरेको जनाएको छ।
निगमका अनुसार यस कदमले विशेषगरी देशका पूर्वी दुर्गम भेगका यात्रुहरूलाई हवाई यातायात सेवामा थप सहजता र निरन्तरता प्रदान गर्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया