काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको शुक्रबार गोली प्रहारबाट हत्या भएको छ। गाउँमा भोजभतेरसम्बन्धी विवाद मिलाउन पुगेका यादवमाथि स्थानीय शम्भु यादवले छातीमा गोली हानेका थिए। शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ। घटनापछि प्रहरी पक्राउ गरिएको छ।

गोली प्रहारमा वडाध्यक्षका दाजु रामवरण यादव र राजकिशोर यादव पनि घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। वडाध्यक्ष यादव पूर्व–स्वतन्त्र निर्वाचित प्रतिनिधि हुन्, पछि उनले नेकपा एमालेमा प्रवेश गरेका थिए। शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

advertisement

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com