काठमाडाैं । नेकपा एमालको एघारौं महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा संस्थापन पक्ष निर्वाचित भएको छ ।

१० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि सोमबार भएको मतदानमा ९ जना संस्थापन पक्षका विजयी भएको एक नेताले बताए ।

advertisement

सो मतदानमा इतर पक्षले पराजय बेहोरेको छ । महोत्तरी क्षेत्र नं। १ (क )बाट दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद शारदा देवी थापा समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । उनी ३ मत अन्तरले पराजित भएकी हुन् ।

प्रदेश सांसद थापाले इतर पक्षको नेतृत्व गरेकी थिइन् ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com