काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा हुने पार्टीको एघारौँ महाधिवेशन उद्घाटन सभामा देशभरका सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेका छन्।
मंगलबार पार्टी मुख्यालय च्यासलमा एमालेको वन तथा वातावरण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उक्त सभालाई ‘प्रतिगमनविरुद्धको संघर्षको उत्कर्ष’ तथा ‘पार्टी जीवनको महत्वपूर्ण उत्सव’को रूपमा मनाइने बताए।
उनका अनुसार तीनकुनेमा आयोजना हुने उद्घाटन समारोहलाई नेपालको राजनीतिक इतिहासमै सर्वाधिक जनसमागम हुने भव्य सभाका रूपमा प्रस्तुत गर्न पार्टीले तयारी गरिरहेको छ। “जनताले कुन दललाई साथ दिएका छन् भन्ने सन्देश उक्त सभाले स्पष्ट पार्नेछ, पोखरेलले भने।

महासचिव पोखरेलले लोकतन्त्र, जनहित र देशभक्तिको पक्षमा रहने सबैलाई उपस्थित हुन अपिल गर्दै, सो कार्यक्रमले ठूला दलप्रति जनमत कहाँ छ भन्ने प्रश्नको उत्तर दिने विश्वास व्यक्त गरे।

advertisement

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com