कुलमानप्रति जेनजी समूह रुष्ट:

जेन–जीका प्रमुख ४ समुहले भने – ‘ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरौँ’

ऊर्जा मन्त्रालयमा बसेर भारतसँग गरिएको विवादास्पद विद्युत सम्झौतामा कमिसन चलखेलसहित राष्ट्रलाई ४३ करोड रुपैयाँको प्रत्यक्ष क्षति हुनेगरी भ्रष्टाचार भएको जेनजी समुहको भनाई छ।



काठमाडौं । जेनजी विद्रोहले जनतामा जन्माएको आशा, नागरिक नेतृत्वको प्रतिबद्धता र निष्पक्ष शासनको भावनालाई क्षति पुऱ्याउने कार्य पछिल्ला केही मन्त्रीहरूको व्यवहारले गरेको भन्दै जेन–जी विद्रोहका प्रमुख चार समूहले संयुक्त वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक वैधता गुमाएको बताएका छन्।

वक्तव्यमा भनिएको छ, ‘नागरिक सरकारको नाममा गठन भएको यो संरचना अब नागरिक सरकार जस्तो रहेन, दलगत स्वार्थमा डुबेका मन्त्रीहरूको औपचारिक राजनीतिक संलग्नताले यसको नैतिक, प्रशासनिक र राजनीतिक आधार स्वतः खारेज गरेको छ।’

advertisement

सरकारको शक्तिसम्पन्न पदमै बसेर राजनीतिक दलमार्फत अभियान सञ्चालन गर्नु नागरिक सरकारको सिद्धान्त, पदको शपथ र सार्वजनिक नैतिकता तीनैवटाको खुला उल्लङ्घन भएको भन्दै यस्तो कार्य जनतालाई धोका दिने, पदको दुरुपयोग गर्ने र राज्य संयन्त्रलाई दलगत प्रभावमा बन्धक बनाउने काम भएको जेनजी समुहले जनाएको छ।

ऊर्जा मन्त्रालयमा बसेर भारतसँग गरिएको विवादास्पद विद्युत सम्झौतामा कमिसन चलखेलसहित राष्ट्रलाई ४३ करोड रुपैयाँको प्रत्यक्ष क्षति हुनेगरी गरिएको भ्रष्टाचार भएको जेनजी समुहको भनाई छ। सो प्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनमा रहेकै बेला मन्त्री स्वयंलाई राजनीतिक रूपमा सक्रिय बनाउनु छानबिन निष्पक्ष नहुने संकेत देखिएको भन्दै ऊर्जा मन्त्री घिसिङलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्।

जेन्जी विद्रोहले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारविरोध जस्ता मु‌द्दाहरूलाई कमजोर पार्ने कुनै चलखेल स्वीकार्य नभएको भन्दै नागरिक सरकारलाई किनारा लगाएर राजनीतिक मुनाफाखोरी गर्नेहरु विरुद्ध कडा कदम आवश्यक भएको बताएका छन्।

वक्तव्य:

 

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com