काठमाडौं । यातायात व्यवस्था कार्यालय बारा, कलैयामा कार्यरत कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच हात हालाहाल भएको छ। बुधबार साँझ करिब साढे पाँच बजेतिर कार्यालयकै परिसरभित्र उनीहरूबीच कुटाकुट भएको हो।
घटनामा खरिदार साहको अनुहारमा चोट लागेकाले अनुहार सुनिएको छ भने कार्यालय प्रमुख दासको अनुहारमा पनि चिरा परेको बताइएको छ। कार्यालयमै सार्वजनिक रूपमा कुटपिट भएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाराको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुवरका अनुसार कुटाकुटसम्बन्धी घटनाको विस्तृत अनुसन्धानका लागि दास र साहलाई जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ। घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार













प्रतिक्रिया