काठमाडौँ  ।  डिसेम्बर ४ अर्थात् अन्तर्राष्ट्रिय बैंक दिवस हो। राष्ट्रसंको आह्वानमा विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइन्छ।

बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य  कार्यान्वयन, जलवायु अनुकुल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो।

यसैगरी बिहीबार नै एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि मनाइँदैछ। यो दिवस यसै वर्षदेखि मनाउन लागिएको हो। राष्ट्रसंघीय महासभाले गत जुनमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो दिवस मनाउने घोषणा गरेको हो।

 

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com