काठमाडौं । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु भएको छ। बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु भएको हो।
यसअघि भक्तपुरकै बालकोटमा ओलीको घर थियो। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उक्त घर प्रदर्शकारीले जलाइदिएका थिए। त्यसयता सो घर खण्डहर छ।
उक्त घर मरणोपरान्त राज्यका नाममा हुनेगरी दान गरिसकेको ओली परिवारले बताउँदै आएका छन्। राज्यकै नाममा दिइसकेको घर भएकाले अब आफै पुनर्निमाण गरेर नबस्ने ओली दम्पत्तिले बताउने गरेका छन्।
त्यसयता ओली परिवार गुण्डुमा बस्दैआएको छ। एमाले नेता बस्नेतले ओलीका लागि त्यहीँ ‘ओली कुटी’ बनाएर राख्ने घोषणा गरेका थिए।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया