काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने दाबी गरेका छन् । शनिबार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेसमा काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी तथा मधेस केन्द्रित दलहरूबीच नयाँ समीकरण बनेको र अब यस्तै समीकरणको सुरुआत अन्य प्रदेशहरूमा पनि बन्ने विश्वास व्यक्त गरे ।

advertisement

कम्युनिस्टहरूबीचको एकता प्रक्रियालाई जारी राख्ने बताउँदै उनले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे । उनले भने, ‘यो एकता प्रक्रिया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिस्टहरूलाई नेकपामा सामेल हुन आह्वान गर्न चाहन्छु ।’

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com