काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ।

उक्त खेल द सेभेन्स रंगशाला दुबईमा बिहान १०:४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ।

advertisement

नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ।

‎यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

‎समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्

‎दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । उपाधि भीडन्त पुस ६ गते हुनेछ।

‎अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन्।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com