काठमाडौं । फुटबल विश्वविजेता टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भारत आइपुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी गएराति यूएई हुँदै कोलकाता पुगेका हुन्। आज बिहानदेखि उनको गोट टुर सुरु भएको छ।
तीन दिन भारतमा रहने क्रममा मेस्सीले कोलकाता, हैदराबाद, मुम्बई र दिल्ली भ्रमण गर्नेछन्। यस अवधिमा उनले भारतीय प्रधानमन्त्री, सेलिब्रिटी, दिग्गज खेलाडी तथा युवाहरूसँग भेटघाट र अन्तक्रिया गर्ने कार्यक्रम छ।
मेस्सीसँगै इन्टर मियामीका टिममेट्स उरुग्वेका लुइस सुआरेज र अर्जेन्टिनाका रोड्रिगो डे पल पनि भारत आएका छन्। दुवै खेलाडी एमएलएस क्लब इन्टर मियामीका प्रमुख खेलाडी तथा विश्व फुटबलका चर्चित नाम हुन्।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया