कालिकोट । नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन उम्मेदवारको नाम सिफारिस गरेको छ। शनिबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फ तीन जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।
बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ पहिलो नम्बरमा युवा नेता भुपेन्द्रजंग शाही, दोस्रोमा पार्टी सभापति अम्बबहादुर शाही र महिलातर्फ सिता रावललाई सिफारिस गरेको छ। शाही यसअघि २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए।
यसैगरी, समानुपातिकतर्फ कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, महाधिवेशन प्रतिनिधि सुशीला शाही बम र दलिततर्फ मानबहादुर नेपाली सिफारिस भएका छन्। राष्ट्रिय सभाका लागि भने टेकराज शाही र यसोधा शाहीको नाम प्रस्ताव गरिएको छ।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया