काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाको आज निधन भएको हो।

निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप चिउरीबासको उकालोमा यात्रु ओराल्ने क्रममा आफैं पछाडि फर्किँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।

advertisement

दुर्घटनामा नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्धिमाया विक, निस्दी–४ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चाको घटनास्थलमै मृत्यु भएको थियो। उपचारका क्रममा बुद्धिमायाका श्रीमान् ३४ वर्षीय सुन्दर विकको आज मृत्यु भएपछि मृतक संख्या चार पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका आठ जनामध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई उपचारपछि घर पठाइएको छ। एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com