काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई अझ सुदृढ बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा सक्रिय हुन आह्वान गर्नुभएको छ।

सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले कर्मचारीहरूलाई आफ्नो दक्षता र व्यावसायिक आचरण थप सुदृढ गर्दै जनमुखी संसदीय अभ्यासमा जुट्न आग्रह गर्नुभयो। संसदीय अभ्यासलाई प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले आजभन्दा १९ वर्षअघि छुट्टै ऐनमार्फत संसद् सेवा गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आएको छ।

सभामुख घिमिरेका अनुसार, राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक तथा प्राविधिक सहयोग पुर्‍याउने संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्त महत्त्वपूर्ण छ।

उहाँले भन्नुभयो, “लोकतन्त्रको मन्दिरका रूपमा लिइने संसद्लाई सुचारु राख्नु संसद् सेवाको पवित्र दायित्व हो। राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो। संसद्को स्वायत्तता कायम राख्दै संसद् सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउने दिशामा हामी सबैको सामूहिक प्रयास रहनेछ भन्ने विश्वासका साथ पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com