काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेपछि कप्तान रोहित पौडेलले व्यक्तिगत पुरस्कार भन्दा टिमको लक्ष्यलाई प्राथमिकता दिएको बताएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कार पुरस्कार जिते पनि उनले सुरुदेखि नै ट्रफी जित्ने उद्देश्यका साथ मैदान उत्रिएको स्पष्ट पारे।

रोहितले भने, “मैले कारको बारेमा सोचेकै थिइनँ। मेरो ध्यान केवल ट्रफी जित्नेमा थियो। खेल्दा खेल्दै कार पनि पछि आयो, तर मुख्य लक्ष्य ट्रफी नै थियो र त्यो हासिल गर्नुपर्ने थियो।”

advertisement

यद्यपि उपाधि जिते पनि रोहित आफ्नो व्यक्तिगत प्रदर्शनप्रति पूर्ण रूपमा सन्तुष्ट छैनन्। उनले आत्मसमिक्षा गर्दै भने, “म अझै सन्तुष्ट छैन, किनभने प्रतियोगितामा अहिलेसम्म मैले एउटा पनि अर्धशतक बनाएको छैन।”

तर टिमको सफलताले उनलाई खुशी दिएको छ। उनले थपे, “टिमले जित्यो भने मलाई पुग्छ। खेलाडीको रूपमा अझै सुधार गर्नुपर्ने पक्ष छ, त्यसमा म काम गर्नेछु। टिमको जितले मलाई अत्यन्त खुशी दिएको छ।”

 

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com