काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्नेछ।
साथै, पार्टीको महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमै सुरु हुँदैछ। प्रारम्भमा ७:३० बजेका लागि तय गरिएको बन्दसत्रको समय अब मध्याह्न १२:३० बजेसम्म सारिएको छ। यद्यपि, नेता तथा कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन्।
केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष ओली विभिन्न प्रस्तावहरू अघि सार्ने तयारीमा छन्। यी प्रस्तावहरू केन्द्रीय कमिटीको अनुमोदनपछि बन्दसत्रमा पेश गरिनेछन्।
वर्तमानमा एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले आफ्नो दाबी राखेका छन्। नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सोमबार समापन हुने तयारी छ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया