काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त पदमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन्। उनले भनेका छन् कि यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचार जरा गाड्नुको मुख्य कारण हो।
मन्त्री पुनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “कसैले पनि ‘फलानो जागिर वा पद खाली छ, मन्त्रीज्यू भन्नुस्’ भनेर अनुरोध नगर्नुहोस्। नेपालमा कुशासन र भ्रष्टाचार जरा गाड्नुको प्रमुख कारण यही हो।”
उनले थपे कि नेताहरूले व्यक्तिगत र पार्टीगत स्वार्थका लागि नियम र कानुन मिचेर अयोग्य र लोभी व्यक्तिहरूलाई उच्च पदमा नियुक्त गरेका कारण कुशासन र भ्रष्टाचार चरम सीमामा पुगेको छ र देशमा ‘जेनजी विष्फोट’ जस्तो अवस्था सिर्जना भएको छ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया