काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २९ गते बिहान ९ बजे सानेपामा बैठक बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
कांग्रेस नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया