काठमाडौं। सामाजिक सञ्जालमा चर्चित पत्रकार राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। उनी आगामी २ पुसमा औपचारिक रूपमा पार्टीमा आबद्ध हुने कार्यक्रम तय भएको छ।
खत्रीले पत्रकारिता पेशा त्याग्दै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। आफू कार्यरत न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएको जानकारी दिएका छन्।
रास्वपामा प्रवेशपछि कुन पदमा रहने भन्ने विषयमा हालसम्म टुंगो नलागेको खत्रीले बताएका छन्। यद्यपि, आगामी आमनिर्वाचनमा भाग लिन सक्ने संकेत गर्दै उनी प्रत्यक्षतर्फ काठमाडौंबाटै चुनाव लड्न इच्छुक देखिएका छन्। विगतदेखि नै उनले सामाजिक सञ्जालमार्फत रास्वपा र पार्टी सभापति रवि लामिछानेप्रति सकारात्मक धारणा व्यक्त गर्दै आएका थिए।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया