काठमाडौं । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमालेको काठमाडौँमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। आज ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल भृकुटी मण्डपमा बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्।

कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज समेत रहेका बस्नेतले पार्टी र राजनीतिमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको भन्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्। उनले पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउन आफ्नो उम्मेदारी रहेको बताए।

advertisement

लामो समय देखि एमालेको राजनीतिमा सक्रिय बस्नेतले युवा संघ नेपालको मोरङ उपसचिवदेखि उपाध्यक्ष, युथ फोर्स मोरङका प्रमुख, युवा संघ नेपालको केन्द्रीय सचिव, कोशी अञ्चल सहसंयोजक, उपाध्यक्ष, एमाले मोरङको सचिवालय सदस्यसम्मको जिम्मेवारी पूरा गरिसकेका छन्।

कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्य समेत रहेका बस्नेतले आफ्नो कार्यकालमा खेलकुद गतिविधिलाई थप गतिशील बनाउन सफल भएका थिए।

लामो समय देखि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेको बस्नेतले ११औँ राष्ट्रिय महाधिवेशनमा ओली समूहबाट उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com