काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनका निर्वाचन प्रक्रियाका लागि अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै चुनावी प्राविधिक काम सुरु भएको छ। राम-लक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालट सोलुसन प्रालिले निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिएको जनाएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको नामावली अनुसार कम्पनीले उम्मेदवारहरूको विवरण डिजिटल उपकरणमा सूचीबद्ध गर्ने काम सुरु गरेको छ। प्राविधिक लक्षण रिमालका अनुसार, पार्टीले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न आज मध्यान्न ४ बजेसम्म समय लाग्ने अनुमान गरिएको छ।

advertisement

त्यस्तै, उनले ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने जानकारी दिएका छन्। यस महाधिवेशनमा कुल २,२६२ मतदाता छन्।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन्। ओली र पोखरेल पक्षले आफ्नो–आफ्नो प्यानल तयार गरी चुनावी मैदानमा होमिएका छन्।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com