काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका ७‚ अँधेरीमा आज (मंगलबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्।

लु.५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका ७ अँधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

advertisement

दुर्घटनामा घाइते २२ जनामध्ये सख्त घाइते तीनैजनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बोगटीले बताए।

बोगटीका अनुसार घाइतेमध्ये केहीको हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com